You are viewing the translated version of शिक्षक तथा कर्मचारी सम्बन्धी व्यवस्था.

Section 42
शिक्षक तथा कर्मचारी सम्बन्धी व्यवस्था
(१) विश्वविद्यालयमा आवश्यक सङ्ख्यामा शिक्षक तथा कर्मचारी रहने छन्‌।
(२) विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको स्थायी नियुक्ति प्रचलित कानून बमोजिम गठन भएको विश्वविद्यालय सेवा आयोगको सिफारिसमा हुनेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विश्वविद्यालय सेवा आयोगको गठन नभएसम्म शिक्षक तथा कर्मचारी नियुक्तिको लागि सिफारिस गर्न देहाय बमोजिमको पदपूर्ति समिति रहनेछः-
(क) कुलपति - अध्यक्ष
(ख) प्रतिनिधि, लोक सेवा
आयोगको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत - सदस्य
(ग) कार्यकारी परिषद्ले तोकेको डीन - सदस्य-सचिव
(४) उपदफा (३) बमोजिमको पदपूर्ति समितिको सिफारिस सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
(५) पदपूर्ति समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
(६) पदपूर्ति समितिको बैठकमा भाग लिए बापत पाउने सुविधा नेपाल सरकार, अर्थ मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ।
(७) उपदफा (१) बमोजिमका शिक्षक तथा कर्मचारीको नियुक्ति, काम, कर्तव्य र अधिकार तथा पारिश्रमिक, सुविधा र सेवाका शर्तहरू तोकिए बमोजिम हुनेछ।